आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

आइतबार, ०१ असार २०८२, ०७ : २२
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ।
  • घाइते भएका मजदुरहरूलाई उपचारका लागि विराटनगर लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे।
  • गत वर्षको बाढीले पुल बगाएपछि पुनः जडान गर्ने क्रममा दुर्घटना भएको हो।

फिदिम । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । 

बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई  पाँचथर अस्पतालबाट थप उपचारका मोरङको  विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा  चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।   बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ । 

गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप