अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या
आइतबार, ०१ असार २०८२, १२ : ५६
सारांश
- अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।
- छत्रदेव गाउँपालिकामा २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय रामु कुमालको हत्या गरिन्।
- प्रहरीले मेखमायालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।
बुटवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनक प्रसाद शर्माले बताए ।
उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण