आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
आइतबार, ०१ असार २०८२, १५ : १७
पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आइतबार दिउँसो मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।
गण्डकीको आगामी बजेट चालु वर्षभन्दा १ अर्ब घट्ने अनुमान छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारले आगामी वर्षका लागि ३२ अर्ब बराबरको बजेट ल्याउन लागेको बताइएको छ ।
सधैँ बजेटमा आएर कार्यान्वयन नभएको आन्तरिक ऋण लिने प्रस्ताव अहिले पनि बजेटमा समेटिने बताइएको छ । प्राकृतिक स्रोत तथा वीत्त आयोगले प्रत्येक प्रदेशलाई आफ्नो आम्दानीको १० प्रतिशत रकम ऋण लिन पाउने सुविधा दिएको छ ।
बजेटमा उल्लेख भएपनि कानून नहुँदा ऋण लिने बाटो खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण