आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
आइतबार, ०१ असार २०८२, १५ : १७

पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आइतबार दिउँसो मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।
गण्डकीको आगामी बजेट चालु वर्षभन्दा १ अर्ब घट्ने अनुमान छ । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारले आगामी वर्षका लागि ३२ अर्ब बराबरको बजेट ल्याउन लागेको बताइएको छ ।
सधैँ बजेटमा आएर कार्यान्वयन नभएको आन्तरिक ऋण लिने प्रस्ताव अहिले पनि बजेटमा समेटिने बताइएको छ । प्राकृतिक स्रोत तथा वीत्त आयोगले प्रत्येक प्रदेशलाई आफ्नो आम्दानीको १० प्रतिशत रकम ऋण लिन पाउने सुविधा दिएको छ ।
बजेटमा उल्लेख भएपनि कानून नहुँदा ऋण लिने बाटो खुलेको छैन ।