सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता, ५ करोड बिगो मागदाबी

आइतबार, ०१ असार २०८२, १८ : ५२
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
  • वीरगन्जको सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
  • पूर्व गृहमन्त्री लामिछानेमाथि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनी सहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता भएको हो ।  

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप