गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
आइतबार, ०१ असार २०८२, २१ : ५४

काठमाडौँ । गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । आन्द्राको सङ्क्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेकी उनी शनिबार डिस्चार्ज भएकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गरेकी छन् ।
उनी अहिले घरमै आराम गरिरहेकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।
उनको सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको थियो । केही दिनको अस्पतालको उपचार पछि उनी घर फर्किएकी हुन् । उनको स्वास्थ्यमा विस्तारै सुधार भइरहेको छ ।
रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण