गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
आइतबार, ०१ असार २०८२, २१ : ५४
काठमाडौँ । गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । आन्द्राको सङ्क्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेकी उनी शनिबार डिस्चार्ज भएकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गरेकी छन् ।
उनी अहिले घरमै आराम गरिरहेकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।
उनको सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको थियो । केही दिनको अस्पतालको उपचार पछि उनी घर फर्किएकी हुन् । उनको स्वास्थ्यमा विस्तारै सुधार भइरहेको छ ।
रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण