नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
सारांश
- सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का नियुक्त, पदभार ग्रहण।
- नवनियुक्त सचिवले खेलकुद प्रणालीलाई व्यवस्थित, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
- खड्काले खेल प्रतिभाको पहिचान, प्रोत्साहन र पूर्वाधार विकासमा जोड दिने बताए।
धनगढी । सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त लोकबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । उनले सो अवरमा प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासमा आफू पूर्ण रूपले समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको खेलकुद प्रणालीलाई व्यवस्थित, समावेशी र परिणाममुखी बनाउने लक्ष्यसहित आफू अघि बढ्ने स्पष्ट पारे। प्रदेशभित्र रहेका खेल प्रतिभालाई पहिचान, प्रोत्साहन र प्रवर्द्धन गर्दै तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा काम गर्नेछु। उनले भने।
खड्काले समन्वय, सहकार्य र पारदर्शिता अपनाउँदै नीति र कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिने उल्लेख गरे। खेलकुद क्षेत्रलाई प्रदेशको सामाजिक–आर्थिक विकासको आधारका रूपमा लिनुपर्नेमा उनको जोड रहेको छ। साथै, स्थानीय निकाय, खेल सङ्घ–संस्थाहरू तथा सरोकारवालासँग सहकार्य गर्दै दीर्घकालीन रणनीति बनाइ कार्यान्वयन गरिने जानकारी पनि उनले दिए।
सदस्य सचिव खड्काले प्रदेशभर छरिएका खेल प्रतिभाहरूलाई उचित प्रशिक्षण, पूर्वाधार र अवसर उपलब्ध गराउने योजनालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण