सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
सारांश
- एमाले सचिव योगेश भट्टराईले सभामुखमाथि टिप्पणी गर्नेहरूलाई ऐनामा हेर्न आग्रह गरे।
- भट्टराईले रास्वपालाई अडानका नाममा संसदीय प्रक्रिया बन्धक नबनाउन र विगतका सभामुखको पालामा भएका नाराबाजीबारे स्मरण गराए।
- उनले संसदलाई सर्वस्वीकार्य बनाउन जोड दिँदै, बैठक अवरुद्ध गर्ने विषय र सहमतिको आधारबारे छलफल गर्न आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखका बारेमा टिप्पणी गर्नेहरूले आफ्नो अनुहार एक पटक ऐनामा हेर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई अडानका नाममा संसदीय प्रक्रियालाई बन्धक नबनाउन आग्रह गर्दै सभामुखका बारेमा आफ्नो सुविधा अनुसार व्याख्या नगर्न सुझाव दिएका हुन् । ‘नाराबाजीका बिच संसद् चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त ? विगतमा पनि प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले नारा लगाएकै थिए’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एक पटक आफैँलाई ऐनामा हेर्ने कि ?’
भट्टराईले नाराबाजीका बिच संसद् चलेको यो पहिलो पटक नभएको रास्वपालाई स्मरण गराएका छन् ।
संसदमा नाराबाजी गर्ने सांसदहरूलाई उनले संसदीय प्रक्रियामा बहस गर्न निम्तो पनि दिएका छन् ।
भट्टराईले कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने आदि विषयमा छलफल गर्न पनि आह्वान गरेका छन् । ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमति कसरी बनाउने ? सहमतिको न्यूनतम आधार के लाई बनाउने ? बहुलबादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनुपर्छ भन्ने ग्यारेन्टी कसले गर्छ ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ? आउनुहोस् छलफल गरौं’, भट्टराईले लेखेका छन् ।
उनले संसदलाई सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘दोषी सभामुख कि हाम्रो इगो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण