‘कान्तराः च्याप्टर १’को सुटिङमा दुर्घटना, डुंगा पल्टिँदा ऋषभ शेट्टीसहित ३० जना ड्याममा खसे
सारांश
- अभिनेता ऋषभ शेट्टीको फिल्म 'कान्ताराः च्याप्टर १' को छायांकनको क्रममा दुर्घटना भयो, जसमा ३० जना क्रु मेम्बर सवार डुङ्गा पल्टियो।
- दुर्घटनामा कसैलाई चोटपटक लागेन, तर क्यामेरा र अन्य उपकरणमा क्षति पुग्यो, र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
- 'कान्ताराः च्याप्टर १' ठूलो बजेटमा बनिरहेको छ र २०२५ को अक्टोबर २ मा विभिन्न भाषाहरूमा रिलिज हुनेछ।
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीको बहुप्रतिक्षित फिल्म ‘कान्तराः च्याप्टर १’ को छायांकनको क्रममा सेटमा एकपछि अर्को गर्दै घटनाहरू भइरहेका छन् । हालैको एउटा समाचारमा जनाइएअनुसार कर्नाटकको मणि बाँधमा छायांकनको क्रममा भएको गम्भीर दुर्घटनाका कारण फिल्मको छायाङ्कन अचानक रोक्नु परेको छ ।
निर्देशक–अभिनेता ऋषभ शेट्टी र लगभग अरू ३० जना क्रु मेम्बरहरू सदस्यहरू डुङ्गामा सवार भएर मणि बाँधको पानीमा छायाङ्कन गरिरहेका थिए । अचानक सन्तुलन गुम्यो र डुङ्गा पल्टियो ।
एनडीटीभीको रिपोर्ट अनुसार, डुङ्गा अचानक पल्टिए पनि, भाग्यवश कसैलाई चोटपटक लागेन । घटनाको सही कारण अझै थाहा हुन सकेको छैन । तर रिपोर्ट अनुसार, पानीको गहिराइ कम भएको र डुङ्गामा बढी बजन भएकोले दुर्घटना भएको हुन सक्ने बताइएको छ । सो क्रममा फिल्म निर्माणमा प्रयोग हुने क्यामेरासहित धेरै चीजहरूमा क्षति पुर्याएको छ । क्यामेरा र अन्य गियर पानीमा डुबेका छन् भने प्रहरीले घटनाको कारणको अनुसन्धान गरिरहेका छन् । कुल क्षतिको आकलन भइरहेको बताइएको छ ।
‘कान्ताराः च्याप्टर १’ पहिलो भाग भन्दा ठुलो बजेटमा बनिरहेको छ । फिल्म कन्नड, हिन्दी, तेलुगु, तमिल, मलयालम र बंगाली सहित धेरै भाषाहरूमा रिलिज हुनेछ । फिल्म २०२५ को अक्टोबर २ मा गान्धी जयन्ती र दशहराका अवसरमा सिनेमा घरहरूमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण