संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले नाराबाजीलाई निरन्तरता दिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपाले सोमबार पनि संसद् बैठक बहिष्कार गर्ने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ, जुन निर्वाचन प्रणालीमा अपवादबाहेक बहुमत प्राप्त गर्न सक्दैनौँ। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट भएको पार्टीले पनि नेतृत्व गर्न पाउने व्यवस्था हो। यसकारण यो संसदमा एक सय सिट भएको पार्टी र एक सिट भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुन्छ,’ लिङ्देनको भनाइ छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद सन्तोष परियारलाई बोल्न समय दिए । परियारले बोलेपछि रास्वपाका सांसदहरू बेल घेर्न पुगेर नाराबाजी गर्न सुरु गरे ।
राप्रपाको बहिस्कार र रास्वपाको नाराबाजीकाबिच बजेटमाथिको छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण