मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन

नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरूमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता
सोमबार, ०२ असार २०८२, १३ : ३७
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • अध्ययन अनुसार, नेपालमा ३० वर्षभन्दा माथिका विवाहित जोडीहरूमा यौन दुर्बलताको समस्या देखिएको छ, जसमा पुरुषमा ७२% र महिलामा ६७% रहेको छ।
  • अध्ययनले ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूमा यो समस्या बढी रहेको देखाएको छ र प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशका पुरुष र मधेस प्रदेशका महिलामा यो समस्या उच्च छ।
  • अध्ययनले यौन दुर्बलता भएकामध्ये सेक्सुअल डिजायर कम्परमाइज ९२%, महिलामा अराउजल समस्या ९४% र ८४% पुरुष यौन सम्बन्धमा सन्तुष्ट नभएको देखाएको छ।

काठमाडौँ । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । सोमबार काठमाडौँमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरूमा यो समस्या बढी रहेको देखाएको हो । 

त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूको सङ्ख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरूमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरूमा यो समस्या देखिन्छ । 

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कुल यौन दुर्बलता भएका मध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरूको सङ्ख्या ९२ प्रतिशत रहेको बताए । उनले कुल यौन दुर्बलता भएकाहरूमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको जिकिर गरे । ८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको उनको भनाई थियो । 

1750056386-Db2tV

उनले भने, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसङ्ख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एसियन देशहरूमा अरू क्षेत्रको भन्दा अझ बढी छ  । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरूमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरु गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ । क्लिनिकल हस्पिटल स्टडिजहरु हेर्दा जनसंख्या बेसमा यसको स्थिति के छ भनेर पपुलेशन बेसमा यो स्टडी गरेका हौँ । विशेष गरी ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरूमा हामीले हरेका हौँ । यौन प्रबलता बढाउन हामीले के सुझाव दिने भन्ने पनि अध्ययन गरेका छौँ । यसमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूको सङ्ख्या बढी छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यो समस्या रहेको छ । त्यस्तै ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरूमा यो समस्या देखिन्छ । समग्रमा ६८ प्रतिशत भन्न सकिन्छ । टोटल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज हुने भनेको ९२ प्रतिशत छ । महिलालाई अराउजलको समस्या ९४ प्रतिशत रहेको छ । ९४ प्रतिशत महिलामा यौनको उत्तेजना नै नहुने खालको समस्या छ । ८४ प्रतिशत पुरुषहरूले यौन सम्बन्ध राखे पनि सन्तुष्टि हुन सकेका छैनन् ।’

  • मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता

उनकाअनुसार प्रदेशगत रूपमा हेर्दा पुरुषहरूमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । 

कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । बागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । 

लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो । 

अध्ययन अनुसार हिमाली क्षेत्रका पुरुषहरूमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरूमा करिब उस्तै उस्तै यौन दुर्बलता रहेको पाइए पनि तराईका महिलाहरूमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप