पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
सारांश
- भोजपुरमा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि सातौँ 'मुन्दुम ट्रेल रेस' आयोजना हुने।
- रेस चखेवा भञ्ज्याङबाट सुरु भई टेम्केडाँडा, तावाभञ्ज्याङ हुँदै पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवामा समापन हुनेछ।
- प्रतियोगितामा नौ समूहको सहभागिता रहने, जसमा प्रत्येक समूहमा तीन महिला र तीन पुरुष हुनेछन्। विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
भोजपुर। मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो ।
पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । प्रतियोगितामा नौ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहनेछ । वर्षात्का समयमा पनि पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुने रु २० हजार पाउनेछन् । एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।
पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण