कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
मङ्गलबार, ०३ असार २०८२, १४ : २४
सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरिएको छ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कार्यक्रममा कालिकोट, हुम्ला, मुगु र डोल्पामा जन्म र मृत्युमा खाद्यान्न वितरण गरिनेछ।
- कर्णालीका जिल्लाहरूमा जन्म र मृत्युमा प्रति घटना ३० केजी खाद्यान्न निःशुल्क वितरण गरिने योजना रहेको छ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णालीका विकट जिल्लामा हरेक जन्म र मृत्युमा खाद्यान्न वितरणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको आगामी वर्षको वार्षिक कार्यक्रममा सो बजेट विनियोजन भएकोबारे उल्लेख छ। कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा जन्म र मृत्युमा प्रति घटना ३० केजीका दरले निःशुल्क खाद्यान्न वितरण गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण