निलम्बन प्रकरण
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी
मङ्गलबार, ०३ असार २०८२, १६ : ३६

समाचार सारांश
- काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।
- महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले उनलाई ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले रिट दायर गरेका हुन्।
- पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो र गुरागाईँलाई कार्य सम्हाल्न अवरोध गरेको आरोप लागेको थियो।
काठमाडौँ । निलम्बित काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।
पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
पाण्डेलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो । गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन