बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

बुधबार, ०४ असार २०८२, १० : २१
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई ह्वाइट हाउसमा भेट्ने भएका छन्।
  • भेटवार्ता दिउँसो १ बजे हुनेछ, जसमा सञ्चारमाध्यमको उपस्थिति रहने छैन।
  • यो भेट इरान र इजरायलबीचको बढ्दो तनावको समयमा हुँदैछ, मुनीरले इरानी सैन्य प्रमुखलाई भेटेको केही समयपछि।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् । 

यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो । 

यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् । 

मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप