पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प
बुधबार, ०४ असार २०८२, १० : २१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई ह्वाइट हाउसमा भेट्ने भएका छन्।
- भेटवार्ता दिउँसो १ बजे हुनेछ, जसमा सञ्चारमाध्यमको उपस्थिति रहने छैन।
- यो भेट इरान र इजरायलबीचको बढ्दो तनावको समयमा हुँदैछ, मुनीरले इरानी सैन्य प्रमुखलाई भेटेको केही समयपछि।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् ।
यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो ।
यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् ।
मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण