पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
बुधबार, ०४ असार २०८२, २० : ०१
हेटौँडा । पहिरोले अवरुद्ध भएको विपी राजमार्ग एकतर्फ सञ्चालनमा आएको छ । काभ्रेको पात्लेखेतमा खसेको लेदो सहितको पहिरो पन्छाएसँगै विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध विपी राजमार्ग सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए ।
विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक दुई तर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण