बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प

बुधबार, ०४ असार २०८२, १८ : २२
बुधबार, ०४ असार २०८२

हेटौँडा । विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । 

धुलिखेल नगरपालिका वडा नम्बर ११, पात्लेखेतमा सडकको माथिबाट आएको लेदो सहितको पहिरोका कारण बुधबार विपी राजमार्ग अवरुद्ध भएको हो। 

आज साँझ ५ बजे तिर खसेको पहिरोले दुई तर्फ सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । 

पहिरोका कारण सडक बन्द हुँदा सवारी साधनहरु आवतजावत ठप्प भएको छ । 

घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी उपरिक्षक सुनिल धाजुले पहिरो पन्छाएर यातायात पुनः सुचारू गर्न प्रयास भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप