विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
बुधबार, ०४ असार २०८२, १८ : २२
हेटौँडा । विपी राजमार्ग अन्तर्गतको पात्लेखेतमा लेदो सहितको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।
धुलिखेल नगरपालिका वडा नम्बर ११, पात्लेखेतमा सडकको माथिबाट आएको लेदो सहितको पहिरोका कारण बुधबार विपी राजमार्ग अवरुद्ध भएको हो।
आज साँझ ५ बजे तिर खसेको पहिरोले दुई तर्फ सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सडक बन्द हुँदा सवारी साधनहरु आवतजावत ठप्प भएको छ ।
घटनास्थलमा डोजर र प्रहरी टोली परिचालित गरिएको र सडक खुलाउने प्रयास तीव्र गतिमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी उपरिक्षक सुनिल धाजुले पहिरो पन्छाएर यातायात पुनः सुचारू गर्न प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण