काठमाडौँ । कुनैबेला हनुमानढोका भन्ने बित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे । हुन पनि प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो ।
_2QfD21T1vc.jpg)
युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा रहेको प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो ।
२०७२ सालको भूकम्पपछि भने परिदृश्य फेरियो । भूकम्पका कारण भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो । त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ ।
_bxPhluMXpL.jpg)
भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा स्थापना भएको यो कार्यालयमा रातो·स्टिकर लगाइएको छ ।
स्थानीय र पुरातत्त्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला संरक्षण क्षेत्र बनाउन माग गरेका छन् ।
_lcN4ZApzL9.jpg)
तर प्रहरी प्रशासनले सोही जग्गामा पर्यटक प्रहरी चौकी वा प्रहरी सङ्ग्रहालय बनाउने योजना ल्याएको छ । त्यहाँको पनि जग्गा प्रहरीकै नाममा भएको बताइएको छ । हनुमानढोका परिसरका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_TZ1gzPkqED.jpg)
_VJlCYBKFSl.jpg)
_K7KuP8sKM3.jpg)
_8qJsDjHx1h.jpg)
_U6rKmi21e4.jpg)
_HVdf6U7diF.jpg)
_QU6lOxrIjw.jpg)
_UmFqBxxjaE.jpg)
_ZulU9jV8Op.jpg)
_KTh3YCrynH.jpg)
_0bz5BVk62J.jpg)
_8MvPXxvq39.jpg)
प्रतिक्रिया