मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास

मङ्गलबार, ०५ साउन २०८३, ०९ : ०२
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • काठमाडौँको बौद्ध गेट नजिक २७ वर्षीया एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन् ।
  • आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गर्दा युवतीको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ ।
  • घरायसी झगडापछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ । 

अस्पतालका निर्देशक डा किरण नकर्मीले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिए । उनको २५ देखि ३० प्रतिशत भाग जलेको अस्पतालले जानकारी दिएको छ ।

घरायसी झगडापछि उनले आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप