बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
रसुवा । बाढीले क्षतिग्रस्त भएपछि भन्सार महसुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन् । ०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन् ।
क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ पर्छ । आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए । ३७ लाख रुपैयाँ बराबरको एउटा इभी भ्यान पनि बेवारिसे छ ।
उनकाअनुसार बीमा दाबी गर्नुपर्ने भएकाले बाढीको समयमा गाडी जस्तो अवस्थामा थिए त्यस्तै छोडिएको छ ।आयातकर्ताले सरकारलाई लिलामीको अधिकार नदिएकाले आफूहरूले पनि व्यवस्थापन गर्न नसकेको गेलालले सुनाए । ‘आयातकर्ताले सरकारलाई प्राकृतिक प्रकोपले गर्दा यस्तो भएको भनेर पत्र लेखेपछि हामीले मेकानिकल इन्जिनियर ल्याएर मूल्याङ्कन गर्छौँ । त्यसपछि लिलामीको प्रक्रियामा जान्छौँ । तर, त्यस्तो केही भएको छैन,’ उनले भने ।
_8aWtXDSFac.jpg)
बाढीले कुल ७० करोड ५१ लख ६९ हजार रुपैयाँ बराबरको आयातित सवारी र मालवस्तुमा क्षति पुर्याएको थियो । ५६ वटा विद्युतीय र पेट्रोलियम सवारी बाढीमा बगेका थिए । ती गाडीको अनुमानित मूल्य ४७ करोड १२ लाख ८२ हजार रुपैयाँ छ । यसमा सबैभन्दा धेरै सीजी मोटर्सको ३३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरका ४० वटा गाडी छन् । यसमध्ये २४ करोड ५३ लाख ७२ हजार रुपैयाँ बराबरको ३० वटा गाडी छन् ।
_RtcYyW9uRO.jpg)
८ करोड ४९ लाख ९० हजार मूल्य बराबरका १० वटा गाडी बाढीले पूर्ण रुपमा ध्वस्त भएका थिए । यस्तै स्काइवेल मोटर्सको ६ करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ८ वटा, स्पार्क प्रा.लिले आयात गरेको ४ करोड ४८ लाख रुपैयाँ बराबरको ५ वटा ट्रक र इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रा.लिले आयोजना गरेको २ करोड २५ लाख रुपैयाँ बराबरको ३ वटा ट्रक बेपत्ता भएका थिए । यसबाहेक ३७ लाख मूल्य बराबरको विद्युतीय भ्यान क्षतिग्रस्त भेटिएको थियो । स्काइवेलबाहेक अरु सबै ब्राण्डका गाडीको बीमा थियो ।
_6J4t99paUr.jpg)
बाढीमा २८ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरको मालवाहक सवारी बगाएको थियो । त्यसमध्ये २४ करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको मालवस्तु र ४ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको गाडीमा क्षति पुगेको थियो । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
_iapt8KSNqE.jpg)
_u0nlXaCRHJ.jpg)
_91J2IMOP9X.jpg)
_3zI3SL8PgT.jpg)
_4blJZpIhGt.jpg)
_30pCWARJKi.jpg)
_PiCVazdpvH.jpg)
_LH4shAFTFC.jpg)
_90HV3TEDU1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण