मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु

मङ्गलबार, ०५ साउन २०८३, १६ : ००
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कीर्तिपुरको ट्याङ्लाफाँटमा गुडिरहेको किया कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
  • सिट बेल्ट बाँधेको अवस्थामा चालक गाडीभित्रै मृत फेला परेका छन्।
  • घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। 

 मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।  

उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी छ । 

घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। पछि घटनास्थलमा दमकल समेत पुगेको थियो।

 गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप