मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग

मङ्गलबार, ०५ साउन २०८३, १२ : ०८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना देखिएको उनले बताए । उनले वर्षा हुने क्रम चाहिँ हिजो–अस्ति भन्दा भोलि र पर्सी अलिकति कम हुने जस्तो देखिएको बताए । 

प्रभावमा आधारित रहेर पनि मौसम पूर्वानुमान गर्ने गरिएको भन्दै उनले जल तथा मौसम विज्ञान विभागले समय समयमा निरन्तर जानकारी गराइरहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप