बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
फोटोफिचर

सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू

बिहीबार, ०५ असार २०८२

काठमाडौँ । सुनचाँदी व्यवसायीले बिहीबारदेखि आफ्नो आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासङ्घले जनाएको छ ।

gold shop sunchadi (1)

सुनचाँदी व्यवसायीले आफूहरूको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् ।  सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुने गरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।

gold shop sunchadi (2)gold shop sunchadi (3)gold shop sunchadi (4)gold shop sunchadi (5)gold shop sunchadi (6)gold shop sunchadi (7)gold shop sunchadi (8)gold shop sunchadi (9)gold shop sunchadi (11)gold shop sunchadi (12)gold shop sunchadi (13)

 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया