काठमाडौँ । सुनचाँदी व्यवसायीले बिहीबारदेखि आफ्नो आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
_e1sfFGRGGw.jpg)
केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासङ्घले जनाएको छ ।
_o0TDFcBb0t.jpg)
सुनचाँदी व्यवसायीले आफूहरूको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुने गरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।
_SxxXbG25XW.jpg)
_5Y6zMgzsyv.jpg)
_1LVMpvbnJx.jpg)
_l6s0QHw2nX.jpg)
_rYEfoKZjlb.jpg)
_OPEA4oBi7J.jpg)
_MmcANPb6nO.jpg)
_vjqIWCj9qO.jpg)
_pYn6hElO6y.jpg)
_SXpDlbKBbO.jpg)
_z3jcIJ2VGW.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया