बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

अमरेशसँग हात मिलाएर बाहिरिए रास्वपाका सांसद

सोमबार, ०९ असार २०८२, ११ : २२
सोमबार, ०९ असार २०८२

सारांश

  • रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे।
  • सभामुखले माग सम्बोधन नगरेको भन्दै रास्वपाका सांसदहरूले केही दिन नाराबाजी गरे र केही दिनयता संसद बहिस्कार गर्दै आएका छन्।
  • संसदबाट बाहिरिने क्रममा रास्वपाका सांसदहरूले स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग हात मिलाए, जसले सभामुखको आलोचना गरेका थिए।

काठमाडौँ । रास्वपाका सांसदहरुले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाले संसदमा विरोध गर्दै आएको छ । 

तर, आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनयता भने आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएका छन् । 

सोही क्रममा सोमबार पनि रास्वपाका सांसदहस्ले संसद बहिस्कार गरेका छन् । संसदबाट बाहिरिने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग रास्वपाका सांसदहरुले हात मिलाएका थिए । आइतबारको बैठकमा सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप