कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेशका मन्त्रीहरूलाई जिल्लाका कार्यक्रममा सहभागी नगराउने घोषणा
सोमबार, ०९ असार २०८२, १४ : ५७
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने घोषणा गरेको छ ।
सोमबार जिल्ला सभापति अब्दुल कलामले एक प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने घोषणा गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन भइसकेको अवस्थामा सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला मन्त्रीको क्षेत्र तथा जिल्लामा मात्र बढी योजना रहेको देखिएको र कपिलवस्तु जिल्लालाई बेवास्ता गरिएकाले यस्तो निर्णय लिन बाध्य भइएको विज्ञप्तिमा उल्लेख छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण