सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेशका मन्त्रीहरूलाई जिल्लाका कार्यक्रममा  सहभागी नगराउने घोषणा

सोमबार, ०९ असार २०८२, १४ : ५७
सोमबार, ०९ असार २०८२

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारको बजेटमाथि आपत्ति जनाउँदै  प्रदेशका मन्त्रीहरूलाई जिल्लाको सार्वजनिक तथा पार्टीको कार्यक्रममा सहभागी नगराउने  घोषणा गरेको छ । 

सोमबार जिल्ला सभापति अब्दुल कलामले एक  प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सम्पूर्ण मन्त्रीहरूलाई कपिलवस्तु जिल्लाको सार्वजनिक तथा पार्टीको कुनै पनि कार्यक्रममा नगराउने  घोषणा गरेका हुन् । 

प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन भइसकेको अवस्थामा सङ्घीयताको मर्म र भावना विपरीत पहुँचवाला  मन्त्रीको क्षेत्र तथा जिल्लामा मात्र बढी योजना रहेको देखिएको र कपिलवस्तु जिल्लालाई बेवास्ता गरिएकाले यस्तो निर्णय लिन बाध्य भइएको विज्ञप्तिमा उल्लेख छ ।

press

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप