युएईमा ५ हजार घरेलु श्रमिक पठाउने अन्तिम तयारीमा सरकार
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन् ।
घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू अवैध र असुरक्षित बाटोबाट बिदेसिन बाध्य भएको र त्यसले थप समस्या निम्त्याएको भन्दै सुरक्षित र व्यवस्थित माध्यम अपनाउन खोजिएको मन्त्री भण्डारीले बताए ।
यसअघि घरेलु श्रमिक पठाउन रोक लगाउने निर्देशन दिएको संसदीय समितिले नै हालै ओमान र युएईको अध्ययन भ्रमणपछि नयाँ निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नेपालसँग श्रम सम्झौता भएका र तुलनात्मक रूपमा राम्रो व्यवस्था भएका मुलुकमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागिएको हो ।
‘द्विपक्षीय श्रम सम्झौता भएको र तुलनात्मक हिसाबले राम्रो व्यवस्था समेत रहेको युएईमा पाइलट प्रोजेक्टका रूपमा करिब ५ हजार महिला कामदार पठाउन प्रस्ताव डिजाइन गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘यो प्रस्ताव स्वीकृतिका लागि संसदीय समितिमा पठाइसकिएको छ ।’
पाइलट प्रोजेक्टअन्तर्गत श्रमिकलाई शून्य लागतमा पठाइने र सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने समेत मन्त्री भण्डारीको भनाइ छ । श्रमिकलाई युएई पठाउनुअघि नेपालमै डेढ महिनाको आवासीय तालिम दिइने छ भने कामदारहरू रोजगारदाताको घरमा नभई होस्टेलमा बस्ने र त्यहाँबाट दैनिक ८ घण्टा काम गर्न पाउने छन् । बताए ।
लामो समयदेखि बन्द रहेको घरेलु कामदारको रोजगारीलाई सुरक्षित माध्यमबाट पुनः सञ्चालन गर्न पाइलट प्रोजेक्ट महत्त्वपूर्ण हुने सरकारको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण