२५ महिनापछि कोभिड सङ्क्रमणबाट महिलाको मृत्यु
विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएसँगै पुनः त्रास सुरु भएको छ ।२५ महिनापछि कोरोना सङ्क्रमणले पुनः मृत्युको घटना सार्वजनिक भएको हो । २०८० वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम राखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले २०८० वैशाख २१ गते गण्डकी प्रदेशका एक ४७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसयता कोरोना सङ्क्रमणबाटै मृत्यु भएको घटना रेकर्डमा थिएन ।
मंगलबार भने विराटनगरस्थित नोबेल अस्पतालमा इलामकी ४१ वर्षीय महिलाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ ।नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।
कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये एक जनाको ज्यान गएको हो । सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण