ठुल्ठुला कुरा गरेको भन्दै जंगिए प्रकाशमान, अनि आसनबाट उठे कान्छाराम
सारांश
- सहरी विकासमन्त्री प्रकाशमान सिंहले सांसद कान्छाराम तामाङप्रति आक्रोश व्यक्त गरे।
- मन्त्रीले रामेछापको बजेट विनियोजनबारे जानकारी दिँदै कान्छारामले नबुझी कुरा गरेको आरोप लगाए।
- कान्छारामले रामेछापलाई बजेट नदिएको भन्दै मन्त्री सिंहलाई आगामी चुनावमा संसदमा नदेख्न चाहेको बताए।
काठमाडौँ । सहरी विकासमन्त्री प्रकाशमान सिंहले रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङप्रति आक्रोश पोखेका छन् ।
विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा उनले कान्छारामप्रति आक्रोश पोखका हुन् ।
उनले कुरै नबुझी कान्छारामले ठुल्ठुला कुरा गरेको आरोप लगाए । ‘रामेछाप जिल्लाकै कुरा गरौँ । माननीयज्यू (कान्छाराम)ले ठुल्लुलो स्वरमा चाहिँ कुरा गर्नुभएको छ’, उनले भने, ‘नेपालको कुल जनसंख्याको रामेछापमा ०.८ प्रतिशत जनसंख्या रहेको छ । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ मा मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत, ६६ वटा कार्यक्रममा रामेछापका लागि ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।’ उनले आफ्नो आलोचना गर्नुको औचित्य नरहेको सदनमा बताए ।
उनले यसो भनेपछि कान्छाराम आसनबाट जुरुक्क उठ्दै मन्त्री बोल्दाबोल्दै हात उठाएका थिए । त्यसपछि उनको नजिक रहेका सांसदहरुले उनलाई बस्न आग्रह गर्दै रोकेका थिए । कान्छारामले प्रतिनिधिसभामा रामेछापलाई बजेट नदिइएको भन्दै ०८४ मा प्रकाशमानलाई संसदमै देख्न नपरोस् भनेर भगवानलाई पुकारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण