उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान
सारांश
- जलवायु परिवर्तनका कारण उपल्लो मुस्ताङमा स्याउखेती फस्टाएको छ, जसले किसानहरूलाई उत्साहित बनाएको छ।
- लोमान्थाङ गाउँपालिकाले स्याउखेती विस्तारका लागि नीति तथा कार्यक्रम र बजेटमार्फत किसानलाई अनुदान दिने भएको छ।
- गाउँपालिकाले किसानका कृषि उपजको बजारीकरणमा सहजीकरण गर्ने र उत्पादन खरिद गरी बिक्री गर्ने योजना बनाएको छ।
मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउखेती सुरु गरेका छन् ।
जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउखेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै स्याउखेती हुन थालेको छ । तल्लो मुस्ताङमा हुने शीतोष्ण फलफूलमध्येको स्याउखेती उपल्लो मुस्ताङमा सप्रिन थालेपछि त्यहाँका किसान उत्साहित भएका छन् । अहिले त्यहाँ स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
यहाँका किसानलाई स्याउखेतीतर्फ आकर्षित गर्दै स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्ने किसानलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । लोमान्थाङ गाउँपालिका १६औँ गाउँसभाको पालिकाले कृषि प्रणालीको बृहत्तर विकास गर्नेगरी स्याउखेती विस्तार गर्ने रणनीति लिएको उनले बताए ।
“हामीले नीति तथा कार्यक्रम र बजेटमै स्याउका बिरुवा खरिदमा किसानलाई अनुदान दिने घोषणा गरेका छौँ, किसानलाई स्याउका प्रति बिरुवामा कति अनुदान दिने भन्ने कार्यपालिकाले निर्णय गर्नेछ, यस सम्बन्धमा बजेटमै समावेश गरी किसानका माग सम्बोधन गर्ने प्रयासमा छौँ”, अध्यक्ष गुरुङले भने ।
अध्यक्ष गुरुङका अनुसार लोमान्थाङले किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकरण गर्न सहजीकरण गर्ने नीति लिएको छ । यहाँका किसानलाई उत्पादनमा आधारित आलु, फापरलगायतका उत्पादनलाई गाउँपालिकाले निश्चित मापदण्ड राखेर बढी उत्पादन गर्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गराइने छ ।
आगामी आवदेखि गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने र त्यसो हुन नसकेमा किसानको उत्पादन गाउँपालिकाले खरिद गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङको भनाइ छ । यसका लागि तत्काल प्रारम्भिक चरणमा रु १० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाले आगामी आवका लागि रु ३२ करोड ६० लाख बराबरको बजेट खाका तयार गरेको छ । जसमा चालुतर्फ रु ११ करोड ७४ लाख र पुँजीगततर्फ रु २० करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण