सोलु दूधकुण्डमा विपद् प्रतिकार्य पोस्ट स्थापना
सारांश
- सोलुखुम्बुमा विपद् प्रतिकार्यका लागि 'संयुक्त विपद् व्यवस्थापन पोस्ट' स्थापना गरिएको छ।
- पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ छन्, जसले २४ सै घण्टा सेवा दिनेछन्।
- मनसुनको जोखिमलाई ध्यानमा राख्दै, यस पोस्टलाई जिल्लाभर विस्तार गर्ने योजना छ र स्थानीय तहसँग समन्वय गरिनेछ।
सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोस्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोस्ट सञ्चालनमा आएको हो ।
उक्त पोस्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालका लागि ११ जनाको सुरक्षाकर्मी टोलीले चौबिसै घण्टा सेवा दिने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
‘सूचना प्राप्त भएको केही समयमै उद्धार टोली परिचालन गर्न सक्ने संरचना तयार पारिएको छ’, उनले भने । मनसुनको उच्च जोखिम हुने तीन महिना (असार, साउन र भदौ) लाई लक्षित गरी हाललाई यो पोस्ट सञ्चालन गरिएको हो ।
भविष्यमा यसलाई थप सुदृढ, संस्थागत र स्थायी बनाउने योजना छ । ‘भविष्यमा जिल्लाका सबै पालिकामा लागू गर्न सकिने छ’, प्रजिअ घिमिरेले भने । सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, माप्यदूधकोशी, महाकुलुङलगायतका पालिकामा पुग्न सहज पर्ने मुख्य सडक नजिकैको क्षेत्र भएकाले गार्मा बजारलाई पोस्टको केन्द्र बनाइएको हो ।
उक्त पोष्टमार्फत मात्र कार्यान्वयन नभएर जिल्लाभरिका स्थानीय तहका विपद् समितिसँग पनि प्रत्यक्ष समन्वय गर्ने कार्य प्रारम्भ भइसकेको छ । प्रजिअ घिमिरेका अनुसार प्रत्येक पालिकाबाट विपद् प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउने र तालिम प्रदान गरेर एकीकृत प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण