प्रतिबन्धित औषधिसहित १ जना पक्राउ
बुधबार, ११ असार २०८२, १४ : ५९
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधिसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राई रहेका छन् ।
असार १० गते राति लागुऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट, स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो ।
प्रतिबन्धित र नियन्त्रित औषधिसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण