सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘पीआर’

बिहीबार, १२ असार २०८२, २० : १४
बिहीबार, १२ असार २०८२

काठमाडौँ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी टिजर रिलिज गरिएको हो । टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको सङ्घर्ष, उनीहरूको दु:ख र नेपालमा उनीहरूको परिवारको पिडा देखाइएको छ । 

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ। त्यसैगरि विशेष  भूमिकामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन् । 

रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका हुन्। यस फिल्मको कथा पनि उनकै रहेको छ । 

फिल्मका निर्माताका रूपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका  छन् ।

फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)  छायाङ्कन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको छायाङ्कन अष्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ। निर्माण पक्षका अनुसार  यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डको सबै सहरमा रिलिज गरिँदै छ । 

यस बाहेक  दशैको आसपासमा विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षको भनाई छ । यो फिल्मलाई आर आर फिल्मसले वितरण गर्दै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप