माओवादीको कांग्रेसलाई कडा जवाफ : हामी कायर भए ‘बहादुर’हरू किन जुकोजस्तै सरकारमा टाँसिएको ?
सारांश
- कर्णाली प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको छ।
- कांग्रेसले प्रतिपक्षलाई 'कायर' भनेपछि माओवादीले कडा प्रतिवाद गर्दै कांग्रेसलाई नैतिक प्रश्न गरेको छ।
- माओवादी नेता शर्माले कांग्रेसलाई सरकारबाट बाहिर निस्किएर देखाउन चुनौती दिएका छन्।
सुर्खेत । कर्णाली प्रदेशको राजनीतिमा ‘कायर’ र ‘लाचार’ शब्दले चर्को वाक युद्ध सुरु भएको छ । नेपाली कांग्रेसले प्रतिपक्षलाई ‘कायर’ को संज्ञा दिएपछि नेकपा (माओवादी केन्द्र) ले त्यसको कडा प्रतिवाद गर्दै कांग्रेसलाई नै नैतिक प्रश्न उठाएको छ ।
बुधबार कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री बेदराज सिंहले ‘लाचार सरकार र कायर प्रतिपक्ष’ को चेपुवामा आफ्नो पार्टी परेको टिप्पणी गरेका थिए । उनको यो भनाइको काउन्टरमा बिहीबार माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आक्रामक जवाफ फर्काए ।
शर्माले कांग्रेसलाई ठाडो चुनौती दिँदै भने, ‘हामीलाई कायर भनियो । यदि हामी कायर हौँ भने बहादुरहरू किन त्यहाँ जुको टाँसिसिएजस्तो बसिरहनुभएको ? छातीमा चार वटा रौँ छन् र दम छ भने सरकारबाट निस्किएर देखाउनुहोस् !’
शर्माले कांग्रेस सांसद सिंहले नै सरकारलाई ‘लाचार’ भनेको कुरालाई समात्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीप्रति प्रश्न तेर्स्याए । ‘यो लाचार सरकार हो भने तपाईँहरू किन लाचार भएर सरकारमा बस्नुभएको छ ? यो मैले भनेको होइन, तपाईँकै माननीय सांसदले भन्नुभएको हो,’ उनले भने ।
आफूहरूले रचनात्मक भूमिका खेल्न खोज्दा ‘कायर’ को बिल्ला भिराउन खोजिएकोमा उनले आपत्ति जनाए । ‘मिलेर काम गरौँ भन्नु कायरता हो ? के हामीले लठ्ठी समातेर हिँड्नुपर्यो ?,’ उनले थपे, ‘जहाँ समस्या छन्, हामीले त्यहाँ आवाज उठाइरहेका छाैँ, हेक्का रहोस् । सकारात्मक कुरालाई साथ दिँदा हामीले कायरको बिल्ला भिराइनुपर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण