कर्णालीमा कांग्रेसले भन्यो–लाचार सरकार, कायर प्रतिपक्षको जुधाइका बिचमा कांग्रेस पर्यो
सुर्खेत । कर्णाली प्रदेशमा बजेटमाथि देखिएको विवादका विषयमा दलहरूले आ–आफ्ना धारण राखिरहेका छन् । कतिपयले नेपाली कांग्रेसले नै प्रतिपक्षलाई उचालेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।
यसैबिच पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद बेदराज सिंहले प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल दुवैको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उनीहरूको जुधाइको चेपुवामा कांग्रेस परेको टिप्पणी गरेका छन् ।
बुधवार प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारलाई ‘लाचार’ र प्रतिपक्षलाई ‘कायर’ को संज्ञा दिएका हुन् ।लामो समयदेखिको सदन अवरोध र बजेट निर्माण प्रक्रियामा देखिएका विवादतर्फ लक्षित गर्दै सांसद सिंहले भने, ‘लाचार सरकार र कायर प्रतिपक्षका बिचको जुधाइमा कांग्रेस पर्यो भन्ने मेरो ठम्याइ छ ।’
उनले सत्ता साझेदार दलको नाताले कांग्रेसले सदनको गतिरोध अन्त्य गर्न र समन्वयकारी भूमिका खेल्न भरमग्दुर प्रयास गरे पनि उल्टै कांग्रेसमाथि नै आरोप लगाइएको भन्दै दुःख व्यक्त गरे ।
‘हामीले सदनका नियमित क्रियाकलाप सुचारु होस् भनेर अनुरोध गर्यौँ, तर कांग्रेसकै कारण सदन प्रतिपक्ष उचालिएको हो भन्ने जस्ता कुराहरू पनि सुन्नमा आयो,’ उनले भने, ‘यो सुनेर मलाई अचम्म लाग्यो ।’
सांसद सिंहले सरकारको नेतृत्व गरिरहेको दल एमालेले कांग्रेसबाट अर्थमन्त्री बनेका राजीवविक्रम शाहलाई कर्मचारीतन्त्रले ‘गोटी’ बनाउन खोज्दा समेत केही गर्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए ।
बजेट निर्माण प्रक्रियामा ऐन–नियम मिचिएको, योजना बैंकमा नभएका र प्रक्रिया नपुगेका योजना समावेश गरिएको र कर्मचारीले मन्त्रीको सोझोपनमाथि बेइमानी गरेको आरोप सिंहले लगाए ।
‘कर्मचारीतन्त्रले मन्त्रीको इमानदारितामाथि चलखेल गरेर भोलि दोष मन्त्रीमाथि नै थुपार्ने गरी गतिविधि गरिरहेका छन्,’ उनले थप भने, ‘यस्ता कार्य तत्काल रोकिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण