आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

शुक्रबार, १३ असार २०८२, १५ : ०८
शुक्रबार, १३ असार २०८२

सारांश

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ, जुन २ घण्टा ढिलो गरी सुरु भयो।
  • यसअघि बालुवाटारमा बस्दै आएको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो।
  • प्रधानमन्त्री ओली स्पेनको भ्रमणमा जानुअघि आजको बैठक बसेको हो।

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो । 

यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ । 

प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप