बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रजेश्वरी इन्डस्ट्रिजद्वारा भारतमा शिशु डायपर निर्यात सुरु

आइतबार, १५ असार २०८२, ११ : २२
आइतबार, १५ असार २०८२

काठमाडौं । भारतीय मानक ब्यूरो को प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको ब्रजेश्वरी इन्डस्ट्रीज प्रा. लि. ले पुनः भारतमा शिशु डायपर निर्यात सुरु गरेको छ। कम्पनीले कडा परीक्षण र मापदण्ड पूरा गरी प्रमाणपत्र हासिल गरेको जनाएको छ।

२०१९ मा अध्यक्ष एस. पी. ढकालको नेतृत्वमा स्थापना भएको  कम्पनीले ‘न्यानो’ र ‘टेण्डर टच’ ब्रान्डमार्फत नेपाली बजारमा लोकप्रियता पाएको छ। BIS प्रमाणपत्र पाएपछि कम्पनीले आगामी वर्ष भारतमा निर्यात ५० करोड रुपैयाँभन्दा बढीले बढाउने अपेक्षा गरेको छ।

कम्पनीले रामग्राम, परासीस्थित उद्योगबाट निर्यात गर्दै आएको छ। भारतसँगको सीमावर्ती नजिकको भौगोलिक स्थिति र नेपाल-भारत व्यापार सन्धिअनुसार शून्य भन्सार दरका कारण भारतीय आयातकर्तालाई लागतमा सहजता मिल्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीमा १०० भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् र बढ्दो मागका बीच उत्पादन क्षमता विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप