‘अहिले पनि योजना किनबेच भए, योजना छनोटको नाटक मञ्चन किन गरियो मुख्यमन्त्रीज्यू ?’
सारांश
- राप्रपा सांसद सन्तोषी शाहीले कर्णाली प्रदेश सरकारको बजेट तथा योजना छनोटप्रति आपत्ति जनाइन्।
- उनले बजेट मन्त्रीमुखी र पहुँचका आधारमा योजना बाँडफाँट गरिएको आरोप लगाइन्, जनताका आवश्यकतालाई बेवास्ता गरिएको बताइन्।
- सांसद शाहीले योजना छनोट र बजेट निर्माणमा बिचौलिया हाबी भएको र डोल्पाजस्ता दुर्गम जिल्लाका आवश्यकतालाई उपेक्षा गरिएको बताइन्।
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट तथा योजना छनोट प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएकी छन् ।
उनले बजेट मन्त्रीमुखी र नेतामुखी भएको, पहुँचका आधारमा योजना बाँडफाँट गरिएको र जनताका वास्तविक आवश्यकतालाई बेवास्ता गरिएको आरोप लगाइन् ।
आइतबार प्रदेश सभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले जनतासँग फाराम भराएर योजना छनोटको नाटक मञ्चन गरे पनि बजेट विनियोजनमा मनोमानी गरेको बताइन् । उनले भनिन्, ‘योजना छनोट र बजेट निर्माणमा बिचौलिया हाबी भए । जनताले चाहेको ठाउँमा बजेट जाँदैन, मन्त्री र पहुँचवाला नेताको इशारामा मात्रै बजेट बन्ने गरेको छ।’
भौतिक पूर्वाधार मन्त्रालयले विपन्न, दलित र राजीजस्ता समुदायका लागि आवास बनाउने भनेर आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । डोल्पाजस्ता दुर्गम जिल्लाका आवश्यकतालाई पूर्ण रूपमा उपेक्षा गरिएको गुनासो गर्दै उनले थपिन्, ‘विगतकै प्रवृत्ति दोहोर्याएर योजना किनबेच भइरहेको छ । यस्तो नाटक किन गरियो, मुख्यमन्त्रीज्यूले जवाफ दिनुपर्छ ।’
उनले सरकारको यस्तो गैरजिम्मेवार रवैयाको भर्त्सना गर्दै आगामी दिनमा यस्ता नाटक मञ्चन नगर्न चेतावनीसमेत दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण