कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा लुइँटेल
सारांश
- कार्यक्रम व्यवस्थापन सङ्घको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल निर्वाचित भए ।
- नयाँ कार्यसमितिमा उपाध्यक्षमा तृष्णा गुरुङ, महासचिवमा सोनीतराज ढुङ्गेल लगायतका १३ सदस्य चयन गरियो ।
- महाधिवेशनमा उपसभामुख इन्दिरा राना मगरले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिन् ।
काठमाडौँ । कार्यक्रम व्यवस्थापन सङ्घको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल (राज) चुनिएका छन् । सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभा २०८२ बाट उनी अध्यक्ष चुनिएका हुन् ।
साधारण सभाले लुईंटेलको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा तृष्णा गुरुङ, समीर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखरेल, कोषाध्यक्षमा मनोज थापा छानिएका छन् ।
त्यसैगरी सहसचिवमा भागिरथकुमार पोखरेल, सह कोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की छानिएका छन् ।
सङ्घका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको निर्वाचित नयाँ पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गरिन् ।
देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सहभागिता रहेको सोही महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा.भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा टिचिङ अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गभर्नर डा.सुशीला मल्ललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण