एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा भीमबहादुर
सारांश
- एनआरएनए कान्साई क्षेत्रीय कार्यसमितिको १०औँ अधिवेशन ओसाकामा सम्पन्न भयो, जसमा भीमबहादुर घर्ती संयोजकमा चयन भए।
- शङ्कर भुसाल, राम थापा र लक्ष्मण न्यौपाने उपसंयोजकमा चयन भए भने अन्य पदमा पनि नयाँ व्यक्तिहरू निर्वाचित भए।
- नवनिर्वाचित संयोजक घर्तिले जापानमा अप्रत्याशित घटना कम गर्न प्रशिक्षण कार्यक्रम ल्याउने बताए।
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई क्षेत्रीय कार्य समितिको १०औँ अधिवेशन ओसाकामा सम्पन्न भएको छ। अधिवेशनबाट पदमा भीमबहादुर घर्ती (अनुप)लाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको छ।
आगामी २०२५–२०२७ सम्मको कार्यकालका लागि ३ जना उपसंयोजक चयन भएका छन् । जसमा शङ्कर भुसाल, राम थापा (नारायण) र लक्ष्मण न्यौपाने चयन भएका छन् ।
यसैगरी सचिवमा लक्ष्मण गैरे, सह-सचिवमा प्रकाश कॅंडेल र चूडामणि कॅंडेल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा बलबहादुर कॅंडेल (मुकेश), सह-कोषाध्यक्षमा रोशन सापकोटा र युवा संयोजकमा टंकप्रसाद न्यौपाने (राजन) चयन भएका छन् ।
त्यसैगरी महिला सदस्यमा सरिता मगर शेर्पा (जेनी)निर्विरोध निर्वाचित भइन् भने अन्य सदस्यहरूमा सन्तोष लामिछाने, दीपेन्द्र सापकोटा, विशाल भुजेल, काशिराम अर्याल, गिरिराज चौधरी, गुरूदेव कँडेल, भक्तबहादुर बिके, सन्देश बुढाथोकी, दिनेश पौडेल, पुष्कर चौसिर, सुदिप लामिछाने, सूर्यप्रसाद अर्याल, झरेन्द्रकुमार कुँवर(अन्जन) र अग्निराज त्रिपाठी चयन भएका छन् ।
त्यसैगरी सल्लाहकार सदस्यमा ओमबहादुर खड्का क्षेत्री,काशिराम अर्याल,खेलकुद विभाग प्रमुख प्रेम बोहरा र सञ्चार विभाग प्रमुखमा सुविन न्यौपाने चयन भएको छ।
निर्वाचन समितिमा तेजप्रकाश गुरुङ, नरबहादुर जुग्जाली र यदुराम सापकोटा रहेका थिए।
एनआरएनए कान्साई क्षेत्रमा ३ हजार ५ सय ६ जना नेपालीहरूले एनआरएनएको सदस्यता लिएका छन् ।
एनआरएनए कान्साई क्षेत्रीय समितिका निवर्तमान संयोजक हरिप्रसाद कॅंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विनोद कॅंडेलले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य नरेन्द्र बस्नेत, आईसीसी पूर्व सदस्य तुलसीराम खरेल, एनआरएनए जापानका केन्द्रिय सदस्य कृष्ण सापकोटा, मुक्तिराम खरेल, आत्मराम शर्मा गैरे, गलकोट समाज कान्साई अध्यक्ष नरबहादुर थापा,कर्णाली समाज कान्साई अध्यक्ष झरेन्द्रकुमार कुँवर(अन्जन), गैरे समाजका अध्यक्ष होमप्रसाद गैरे, मुक्तिराम खरेल, आत्मराम शर्मा गैरे,देवप्रसाद पाँडे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै नवनिर्वाचित संयोजक भीम बहादुर घर्ति(अनुप) ले आफ्नो कार्यकालमा जापानमा घट्ने अप्रत्यासित घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरू ल्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण