कांग्रेस बैठक : जनसम्पर्क समिति सदस्यका लागि नियमावली संशोधन प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले पार्टीलाई बुझाउनुपर्ने शुल्कको व्यवस्था गर्न पार्टीको नियमावली संशोधन गर्ने भएको छ । जनसम्पर्क समितिका सदस्यहरूले बुझाउनु पर्ने शुल्क निर्धारण गर्न ‘नेपाली कांग्रेसको नियमावली २०७६’ को नियम ५ को उपनियम (३) मा थप्ने प्रस्ताव सोमबारबाट सुरु केन्द्रीय समितिमा प्रस्ताव पेस भएको छ । महामन्त्री गगन थापाले नियमावली संशोधनको प्रस्ताव पेस गरेका हुन् ।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकमा पेस गरेको प्रस्तावमा पार्टी नियमावलीको नियम ५ को उपनियम (३) पछि उपनियम ३ (क) थप गर्ने प्रस्ताव गरेका हुन् । ‘३ (क) नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ’ भन्ने वाक्यांश राखिएको छ । त्यसपछि एक र दुई नम्बरमा थप्ने प्रस्ताव पनि थापाले केन्द्रीय समिति बैठकमा पेस गरेका छन् ।
यस्तो छ उनले थप्न गरेको प्रस्ताव :

कांग्रेसको जनसम्पर्क समितिबाट पार्टीको क्रियाशील सदस्यता शुल्क तोकिएको तिथो । तर जनसम्पर्क समितिका सदस्यका लागि शुल्क अहिलेसम्म तोकिएको थिएन । कांग्रेसको विधानमा जनसम्पर्क समितिमा जनसम्पर्क समितिबाट पार्टी क्रियाशील सदस्य र जनसम्पर्क समिति सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण