सांसद्हरूले भने– विद्यालय शिक्षा विधेयक आजै पारित गर्नुपर्छ
सारांश
- सांसदहरूले विद्यालय शिक्षा विधेयक आजै पारित गर्न माग गरेका छन्, शिक्षामन्त्रीको प्रस्तावको विरोध गर्दै।
- विधेयकलाई अन्तिम रूप दिन र पारित गर्नुपर्नेमा जोड दिँदै सांसदहरूले विभिन्न टिप्पणी गरेका छन्।
- विधेयक पारित नगर्दा षड्यन्त्र भएको र शिक्षक महासंघको प्रभावमा परेको आरोप समेत लागेको छ।
काठमाडौँ । विद्यालय शिक्षा विधेयक आज नै पारित गर्न सांसदहरूले माग गरेका छन् । संसद्को शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले आज पारित गर्ने विषय स्थगित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा विरोध जनाउँदै शिक्षा समिति सदस्यहरूले विधेयक आजै पारित गर्न माग गरेका हुन् ।
शिक्षामन्त्री पन्तको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले अर्को दिनका लागि बैठक स्थगित गर्नुपर्ने बताएका थिए । उनले ८० प्रतिशत माग सम्बोधन भइसकेको अवस्थामा २० प्रतिशतका लागि सडकमा जानुपर्ने अवस्थाको सिर्जना गर्न नहुने बताए ।
सहमतिका आधारमा जानको लागि भएपनि आजको बैठक स्थगित गर्नुपर्ने उनले बताए । शिक्षामन्त्री पन्त र प्रमुख सचेतक घिमिरेको प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका हुन् । उनीहरूले कुनै स्वार्थ समूहको स्वार्थमा लाग्न नहुने बताए ।
पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नमिल्ने बताइन् । आजै विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै कांग्रेस सांसद डीक बहादुर लिम्बुले आजै अन्तिम रूप दिएर विधेयक पारित गर्नुपर्ने बताए । पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कानुन बनाउन पाउने संसद्को अपमान भएको बताए । विधेयक आज टुङ्गो लगाएर आजैदेखि बिट मार्ने बेला भएकोमा अन्तिममा आएर स्थगित गर्न दुखद भएको बताए ।
माओवादी केन्द्रकी सांसद् रेखा शर्माले प्रतिपक्षबाट समेत सहयोग भइरहेको अवस्थामा विधेयक पारित गर्नुपर्ने बताइन् । माओवादीकै अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले विधेयक टुङ्गो लगाउन नखोजिएकोमा कुनै षड्यन्त्र भइरहेको बताइन् ।
एमाले सांसद दिपा शर्माले अझै २/४ घण्टा कुरेर भएपनि विधेयक पारित गर्नुपर्ने बताइन् । लोसपा नेपालका सांसद राम प्रकाश चौधरीले आज विधेयक पारित नभएको खण्डमा भोलीबाट आफू सहभागी नहुने बताए ।
एमाले सांसद प्रभु हजाराले शिक्षकहरूको आन्दोलन हावादारी भएको बताउँदै संसद्ले विधेयक बनाउनुपर्ने बताए । पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले पहुँचवालाको प्रभावमा विधेयक अड्काउने काम गर्न नहुने बताइन् । एउटा बुँदामा अल्झिएर बस्न नहुने बताउँदै भोलि अर्को समूह आएको खण्डमा के गर्ने भनेर प्रश्न समेत गरिन् ।
एमालेकै अर्की सांसद सरिता भुसालले एक जनाले रोक्न खोजेको खण्डमा समिति बैठक रोक्न नहुने बताइन् । जनमत पार्टीकी सांसद् बिनिता कुमारी सिंहले समेत विधेयक आजै पारित गर्नुपर्ने बताइन् । एमाले सांसद ईश्वरी घर्तीले समेत आज नै विधेयक पारित गर्नुपर्ने बताइन् ।
विधेयक नेपाल शिक्षक महासङ्घले नभई सांसदहरूले टुङ्गो लगाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण