कांग्रेस बैठकमा गृहमन्त्रीले भने– गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री लेकले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’
संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यता, परम्परा र अभ्यासलाई उपयोग गरेर सरकार सञ्चालनको प्रयास भइरहेको समेत उनले बताए । गृहमन्त्री लेकले अगाडि भने,‘प्रयास गर्दागर्दै पनि कमीकमजोरी हुन्छन् । धेरै साथीहरू सरकारमा बस्नुभएको छ, नबसेका साथीहरूले पनि अवस्था बुझ्नु भएकै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण