कर्मचारीलाई सांसदको प्रश्न : दफा परिवर्तन गर्दा हात कामेन ?
सारांश
- सांसद सरिता प्रसाईंले निजामती विधेयकमा कर्मचारीको विश्वासघात भएको बताइन्।
- विधेयकमा भएको जालसाजीलाई लिएर उच्चस्तरीय समिति बनाउनुपर्ने र सभापति कारबाहीको भागिदार हुनुपर्ने उनको भनाइ छ।
- सांसद ईश्वरीदेवी न्यौपानेले कुलिङ पिरियडमा भएको जालझेलले गणतन्त्रलाई असफल पार्न खोजेको आरोप लगाइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी दफामा कर्मचारीको विश्वास गर्दा घात भएको बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कसले कसको विश्वास गर्ने भन्दै यत्रो त्रुटि गर्न पाइन्छ ? भन्दै प्रश्न गरिन् ।
‘यहाँ भन्दा विचित्र कहीँ पनि देखिँदैन । तीन जना मन्त्री आएर छलफल भएर सर्वसम्मत भएको निर्णयमा विधेयकमा दफा परिवर्तन भयो’, उनले भनिन्, ‘विश्वास गरेर हामीले कर्मचारीलाई लेख्न दियौँ । तर निर्णयविपरित दफा परिवर्तन गर्दा तपाईंहरुको हात कामेन ? डर भएन ?’
उनले आफूले कसैलाई दोष नलगाउने भन्दै यो संसदमाथिको अपराध भएको बताइन् । उनले विधेयकमा भएको जालसाजी त्रुटि नभएर अपराध भएको भन्दै उच्चस्तरीय समिति बनाउनुपर्ने र सभापति रामहरि खतिवडा समेत कारबाहीको भागिदार हुनुपर्ने बताइन् ।
। अर्का सांसद ईश्वरीदेवी न्यौपानेले स्थायी सरकारको विधेयक बनाउन आफूहरू दिनरात लागिरहेको बेला विधेयकमा भएको जालसाजीले गलत भएको बताइन् ।
उनले कुलिङ पिरियडमा भएको जालझेलले गणतन्त्रलाई फेलियर गर्न खोजेको ? भनेर प्रश्न गरिन् । उनले यसैका कारण सांसदहरूमाथि घुस खानेसम्मको आरोप लागेको गुनासो गरिन् । उनले उच्च पदस्थ कर्मचारीहरू कुलिङ पिरियड हटाउन ढोका ढोका दगुरेको भन्दै शंका गर्ने ठाउँ रहेको बताइन् ।
‘सभापति र सचिवले हस्ताक्षर गरेर पठाएको विधेयकमा मैले पढिन भनेर बाहिर भन्न मिल्दैन’, न्यौपानेले विश्वासघात भएको भन्दै थप भनिन, ‘छलफलमा भएको कुरा स्वीकारेर लेख्नुभयो भनेको त यस्तो अविश्वासको खाडल गर्दिने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण