मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनलाइन व्यवसाय दर्ता गर्न वाणिज्य विभागको आग्रह

बुधबार, १८ असार २०८२, १८ : २७
बुधबार, १८ असार २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । 

विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवाको कारोबार गर्ने व्यवसायीहरूलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको हो । 

हालसम्म अनलाइनबाट व्यापार गर्नेहरूका लागि कानुनी व्यवस्था गरिएको छैन । सरकारले सूचना प्रविधिको प्रयोग गरेर हुने किनबेचलाई नियमन गर्न र उपभोक्ताको हित सुरक्षित राख्नका लागि सरकारले वैशाख २ गतेदेखि ‘विद्युतीय व्यापार (इ–कमर्स) ऐन २०८१’ लागु गरेको छ ।

यो ऐनअनुसार दर्तामा आउनका लागि ३ महिनाको समय दिएको छ । यो ऐन साउन २ गतेसम्म दर्ता गरिसक्नुपर्ने छ । 

सोहीअनुसार विभागले अनलाइन व्यापार गरिरहेका व्यवसायी र नयाँ व्यवसाय गर्न चाहनेहरुले  आगामी साउन २ गतेभित्र विभागको विद्युतीय व्यापार पोर्टलमा सूचीकृत हुनु पर्ने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप