शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा कोरियन फुड एक्जिविसन (तस्बिरहरू)

बुधबार, १८ असार २०८२, १९ : १३
बुधबार, १८ असार २०८२

काठमाडौँ । नेपालमा कोरियन फुड एक्जिविसन आयोजना गरिएको छ । ललितपुरको कोरियन बिबिक्यु रेस्टुरेन्टमा ४ जना कोरियाली सेफहरूद्वारा तयार पारिएको विभिन्न परिकार प्रदर्शनी गरिएको छ । 

नेपालमा नै कोरियाको स्वाद चखाउने उद्देश्यका साथ फुड एक्जिविसन आयोजना गरिएको आयोजकले जनाएका छन् । “आम सर्वसाधारणलाई कसरी स्वच्छ र पौष्टिक खाना खुवाउन सकिन्छ भन्ने उद्देश्यले नै यो कार्यक्रम आयोजना गरिएको हो । थोरै कमाइका बाबजुद पनि मानिसहरूले यस किसिमका खानेकुरा खान सकुन् भनेर नै यो आयोजना गरिएको हो ।” विनोद कोर्पका अध्यक्ष विनोद कुँवरले भने ।

यस प्रदर्शनीमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि सहभागी थिए । उनले विनोद कुँवरले राखेको उद्देश्य पुरा होस् भनी शुभकामना समेत दिए । “खानाको बारेमा गरिएको यो अध्ययन सफल होस् भन्न चाहन्छु । कोरियन खानाहरू निकै स्वादिलो भएको अनुभव गर्न पाएँ,” उनले भने ।

कोरियन परिकारको उत्पादक नोड्ंगसिमले प्रायोजन गरेको यो एक्जिविसन बुधवार ४ देखि ७ बजेसम्म चलेको थियो । यो प्रदर्शनीमा १७ वटा विभिन्न कोरियन परिकार चाख्नको लागि प्रस्तुत गरिएको छ ।

15-IMG_0266_copy_2048x136516-IMG_0258_copy_2048x136517-IMG_0263_copy_2048x136518-IMG_0265_copy_2048x136519-IMG_0267_copy_2048x136520-IMG_0269_copy_2048x136521-IMG_0271_copy_2048x136522-IMG_0278_copy_2048x136523-IMG_0282_copy_2048x136524-IMG_0288_copy_2048x136525-IMG_0278_copy_2048x1365_126-IMG_0284_copy_2048x136527-IMG_0286_copy_2048x136528-IMG_0291_copy_2048x1365

01-IMG_0223_copy_2048x136502-IMG_0227_copy_2048x136503-IMG_0234_copy_2048x136504-IMG_0238(1)_copy_2048x136505-IMG_0240_copy_2048x136506-IMG_0249_copy_2048x1365_107-IMG_0243_copy_2048x136508-IMG_0245(1)_copy_2048x136509-IMG_0253_copy_2048x136510-IMG_0247_copy_2048x136511-IMG_0249_copy_2048x136512-IMG_0257_copy_2048x136513-IMG_0260_copy_2048x136514-IMG_0254_copy_2048x1365

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप