कांग्रेस बैठक तेस्रो दिन पनि जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट जिम्मेवारी प्रदान गरिएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरू– उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही ( कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेका थिए ।
बुधबारको बैठकले नेपाल तरूण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप २०८२ मङ्सिर २६ – २८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ ।
बैठककाे तेस्राे दिनसम्ममा विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी छ । कार्यसमितिको बैठक असार १९ गते दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण