देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक
सारांश
- गृहमन्त्री रमेश लेखकले देशको आवश्यकता अनुसार दुई ठूला दल मिलेर गठबन्धन बनाएको बताए।
- उनले सरकारले जनताका सबै चाहना पूरा गर्न नसकेको र राम्रो काम गर्नुपर्ने कुरा व्यक्त गरे।
- बैतडीमा आयोजित कार्यक्रममा उनले झुलाघाटमा पुल बनाउनुपर्ने र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।
बैतडी । गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पारेका छन् । बैतडी आइपुगेका लेखकले आज आयोजित अन्तर्क्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको बताए ।
उनले भने, ‘दुई ठूला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सातबुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।’ केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताए ।
गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबैकुरा पूरा हुन नसकेका बताउँदै उनले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताए । गृहमन्त्री लेखकले भने, ‘सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।’ कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताए ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उनको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उनले बताए । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गरे ।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराए । सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराए ।
यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापनपत्रसमेत बुझाएका छन् । दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । गृहमन्त्री भएपश्चात् लेखक पहिलोपटक जन्मघर बैतडी पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण