मलेसियालाई हराउँदै नेपाल फाइनल प्रवेश
सारांश
- नेपाली यू-१६ क्रिकेट टोली एसीसी पुरुष यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ।
- बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
- नेपालका लागि परिमार्जन यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले भने बलिङमा अभय यादवले ४ विकेट लिए।
काठमाडौँ । नेपाली यू–१६ क्रिकेट टोली एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
क्वाललम्पुरको सेलागोर टर्फमा मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाउँदै ९२ रन बनायो ।
नेपालका लागि परिमार्जन यादवले ५९ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे ।
नेपालका लागि शिवान्स बजगाईले २३ रनको योगदान गरे । मलेसियाका लागि निगेसवारनले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन बनाएको थियो ।
मलेसियाका लागि मोहामद फाथुलले ३८ रनको योगदान गरे । त्यस्तै कप्तान डेस पाटरोले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ अभय यादवले चार विकेट लिँदा शुभम खनालले ३ तथा विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिए । नेपालले अब फाइनल खेलमा हंङकङ र सिंगापुरबिचको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण