शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एलिना चौहानको नयाँ गीत सार्वजनिक

बिहीबार, १९ असार २०८२, १५ : १०
बिहीबार, १९ असार २०८२

सारांश

  • गायिका एलिना चौहानको नयाँ गीत 'सबैको हाई हाई बन्न सकिँदैन' सार्वजनिक भएको छ।
  • रोमान्टिक शैलीको गीतमा कस्तुप पन्तको शब्द र संगीत रहेको छ, जसमा स्मारिका ढकालको अभिनय रहेको छ।
  • सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतलाई १ लाख ७४ हजारभन्दा बढीले हेरिसकेका छन्।

काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको छ ।

रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ । रोमान्टिक शैलीको यो गतिको शब्द भने मर्मस्पर्शी छन् ।

सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा स्मारिका ढकालको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग  भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन् । गीतको टिकटक समेत धेरै बनिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप