सर्वोच्चले भन्याे– खुला विश्वविद्यालयबाट एलएलबी गरेकालाई अधिवक्ताको लाइसेन्समा सहभागी हुन दिनू
सारांश
- सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी हुन अन्तरिम आदेश जारी गरेको छ।
- नेपाल कानुन व्यवसायी परिषद्ले एलएलबी गरेकाहरूलाई लाइसेन्स परीक्षामा सहभागी हुन नपाउने सूचना जारी गरेको थियो।
- अदालतले यसअघि परेको रिटको पूर्णपाठ तयार नभएसम्म परीक्षामा सहभागी गराउन भनेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक (एलएलबी) पास गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी हुन दिन अन्तरिम आदेश जारी गरेको छ ।
दिपक शाहले नेपाल कानुन व्यवसायी परिषद्लाई विपक्षी बनाउँदै दायर गरेको रिटमाथि बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले परीक्षामा सहभागी हुन दिन आदेश जारी गरेको हो ।
परिषद्ले गत जेठ २५ गते खुला विश्वविद्यालयबाट एलएलबी गरेकाहरूलाई लाइसेन्स परीक्षामा सहभागी हुन नपाउने गरी सूचना जारी गरेको थियो । सूचनामा अधिवक्ताको ३३ औँ परीक्षाको योग्यताअन्तर्गत नेपाल कानुन व्यवसायी परिषद् (कानुन शिक्षा) नियमावली २०७७ लागू हुनु पूर्व उपाधि प्राप्त व्यक्तिहरूले मात्र परीक्षा फर्म भर्न पाउने सर्त राखिएको थियो ।
त्यसले खुला विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेका व्यक्तिलाई उम्मेदवार हुन अयोग्य ठहराइ भेदभावको अवस्था सिर्जना गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
यसअघि यस्तै विषयमा सर्वोच्चमा रिट परेकोमा २०८१ माघ २ गते मागबमोजिम आदेश भइ पूर्णपाठ हुन तयार छ । पूर्णपाठ तयार भइ निवेदनको अन्तिम किनारा लागेपछि सोही अनुसार हुने भएकाले हाललाई खुला विश्वविद्यालयबाट एलएलबी गरेका विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण